पोखरामा पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक प्रहरी नियन्त्रणमा
मृतक एक जनाको सनाखत भएन
पाेखरा | पुस ११, २०८०
पोखरा: पोखरामा दुई जना पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक गएराति आफै प्रहरीको सम्पर्कमा आएका छन् । पोखराको बागलुङ बसपार्कबाट जिरोकिलोमिटर जाँदै गरेको कारले पस्र्याङमा पैदल यात्रुलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको थियो ।
दुईजना पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक कास्कीको माछापुच्छ«े गाउँपालिका २ खादरजुङ्ग बस्ने ३२ वर्षीय भक्तराम गुरुङ वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएका हुन् ।
गुरुङले तीव्र गतिमा चलाएको बा १३ च ३७२१ नम्बरको कारले ठक्कर दिँदा बागलुङको ढोरपाटन नगरपालिका–६ घर स्थायी घर भई पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का एकजना पैदल यात्रुको मृत्यु भएको थियो ।
कारको ठक्करको मृत्यु भएको अर्का एकजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मृतक दुवै जनाको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको कास्की प्रहरीले जनाएको छ ।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

